कोरोना संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

काठमाडौँ, ५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । एकै दिन मृत्यु हुनेको आजको संख्या अहिलेसम्मकै धेरै हो ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ९ सय ९६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



