काठमाडौँ उपत्यकामा थप १७०२ जनामा कोरोना संक्रमण

252
Shares

काठमाडौँ, ४ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौँमा १ हजार ४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना गरी कुल १ हजार ७०२ जनामा संक्रमण देखिएको हो । यो संख्या आज देशभर थपिएको कुल संख्याको ५५ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना देखिएको छ । यहि अवधीमा २ हजार १०८ जनाले कोरोना मुक्त भएको समेत उनले सुनाए । पछिल्लो चौविस घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

डा गौतमले पछिल्लो रिपोर्ट अनुसार अहिले देशभर ४१ हजार ७७५ जना संक्रीय संक्रमित रहेका छन् । त्यसमध्ये १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा भर्ना भई उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *