एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ६९ प्रतिशत पास

काठमाडौँ, २ कात्तिक । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको एमबीबीएस र बीडीएसको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा अनुसार बीडीएस तर्फ ८३.३७ प्रतिशत र एमबीबीएस तर्फ ६४.३८ प्रतिशत पास भएका छन् । औषतमा उत्तीर्ण प्रतिशत ६९.३७ रहेको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारीका अनुसार यसपटक बीडीएस तर्फ ४८७ जनामा ४०१ जना उत्तीर्ण र ८० जना अनुर्तीर्ण भएका छन् । परीक्षामा ६ जना गयल भएका छन् । यस्तै एमबीबीएस तर्फ १ हजार ४०३ जनाले फारम भएकोमा ८९५ जना उत्तीर्ण, ४९४ जना अनुतीर्ण र १३ जना गयल भएका छन् । एक जनाको नतिजा भने रोकिएको छ ।

कोरोना महामारीका बीच भएको यसपटकको परीक्षा उपत्यका र उपत्यका बाहिर केन्द्र राखेर सञ्चालन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *