काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण

260
Shares

काठमाडौँ, २९ असोज ।  काठमाडौँ उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आज काठमाडौँमा १ हजार ६९३ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण थपिएका छन् ।

पछिल्लो चौविस घण्टामा देशभर ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित आज देशभर संक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । डा गौतमले यहि अवधीमा ३ हजार ५६४ जनाले कोरोना जितेको बताए । आज देशभर १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

आज कोरोना बाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *