रक्तचाप बढेपछि पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना
काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
एक्कासी रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले भने, “पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।”
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



