डा केसीको अनसन तोडाउन बार्ता टोली गठन नभएको भन्दै चिकित्सक संघद्धारा विरोधका कार्यक्रम सार्वजनिक

132
Shares

काठमाडौँ, २१ असोज । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै देशव्यापी रुपमा विरोधका कार्यक्रम अघि सारेको छ । आफूले दिएको समयावधी भित्र डा केसीसंग बार्ता गर्न टोली गठन नगरेको भन्दै संघले विरोधका कार्यक्रम अघि सारेको हो ।

विरोध कार्यक्रम अन्तरगर्त २२ असोज विहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गरी प्रांगणमा धर्ना दिने, सोही दिन अन्य संस्थाहरुमा कालोपट्टी बाँधेर रिले अनसन सुरु गर्ने ।

२३ असोजका दिन सम्म पनि अनसन अन्त्यका लागि पहल नभए देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेकका स्वास्थ्य सेवा पूर्ण रुपमा बहिस्कार गर्ने बताएको छ ।

विभिन्न छ बुदे माग राखि डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसन बसी रहेका छन् । उनको अनसनको आज २४ औँ दिन हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *