काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण

252
Shares

काठमाडौँ, २१ असोज । काठमाडौँ उपत्यकामा आज थप १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार २९६ जना, ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना गरी कुल १ हजार ६८४ जनामा संक्रमण देखिएको हो ।

देशभर आज ३ हजार ४३९ जना नयाँ संक्रमित देखिएको छ । यो एकै दिन देखिएको अहिलेसम्मकै बढी हो । १४ हजार २०९ जनाको परीक्षण गर्दा यो संक्रमण देखिएको हो । आजको संक्रमण २४.२० प्रतिशत देखिएको छ ।

प्रवक्ता डा गौतमले आज २३३ जना आइसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचार भएको बताए । उनले आज १ हजार १२६ जना कोरोना मुक्त भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *