आँखा क्षेत्रको नामुद अन्तराष्ट्रिय अवार्ड नेपालका दुईजना दृष्टि विशेषज्ञलाई

7.1k
Shares

काठमाडौँ, १९ असोज ।  आँखा क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत नेपालका दुई जना दृष्टि विशेषज्ञले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दृष्टि विशेषज्ञ डा दीपककुमार साह र डा जुनु श्रेष्ठले अन्तराष्ट्रिय स्तरको ‘आई हेल्थ हिरो ‘अवार्ड प्राप्त गरेका हुन् । 

द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइडनेशले आँखा क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने तीन जना व्यक्तित्वलाई तीनवटा विधाबाट आई हेल्थ हिरो अवार्ड दिने गरेको छ ।

ती विधाहरु चेन्जमेकर, फ्युचर लिडर र इनोभेटर रहेका छन् ।

यसपटक चेन्जमेकर विधाबाट आई हेल्थ हिरो अवार्ड डा साहले पाएका छन् भने फ्युचर लिडर विधाबाट आई हेल्थ अवार्ड डा श्रेष्ठले प्राप्त गरेकी छन् ।

अवार्ड प्राप्त गर्ने डाक्टर साह अहिले गरीवी न्युनिकरणका लागि स्वास्थ्य शिक्षा कार्यक्रम हेपा नेपालका अध्यक्ष हुन् । श्रेष्ठ लण्डन स्कुल अफ हाइजिन एण्ट ट्रपिकल मेडिसिन युनिभर्सिटीमा अध्ययनरत छिन् ।

‘हामी दुबै साथी साथी हौँ । हामीले नेपालका दुर दजारमा पुगेर आँखा रोग रोगथाम, दृष्टीजाँच, आँखा स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने कार्यमा लागि रहेका थियौँ । त्यसैको कदर गर्दै हामीलाई पुरस्कृत गरेछ । यसले हामीलाई थप कार्य गर्न उर्जा मिलेको छ । र थप जिम्मेवार बनाएको छ,’ डा साहले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *