गण्डकी प्रदेशमा थपिए २७ जना कोरोना संक्रमित

पोखरा, १९ असोज । गण्डकी प्रदेशमा थप २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार २ जिल्ला कास्कीका २६ र नवलपरासीका १ जना छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका-१४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् । पोखरा महानगरपालिका-१४ का २२ बर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष , वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा महानगरपालिका-१२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय पोखरामा कार्यरत चिकित्सक हुन् ।
अन्य सबैजना contact tracing बाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २०२ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

