कोरोना संक्रमण बढ्दै जाँदा पुन: लकडाउन गर्न सरकारलाई दवाव

2.5k
Shares

काठमाडौँ, १८ असोज । उपत्यका सहित देशभर कोरोना बढ्दै जाँदा सरकारमा माथि पुन लकडाउन गर्न दवाव बढ्न थालेको छ । चिकित्सकहरुले पुन लकडाउन गरि अहिलेको अवस्थालाई नियन्त्रणमा लिन सुझाव दिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री भानुभक्त ढकाल समेत सहभागी रहरेको मन्त्रालयको कोभिड १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा सहभागी अधिकारीले संक्रमण अवस्था भयावह भएको भन्दै तत्काल लकडाउनको निर्णय गर्न सुझाव दिएका छन् । मन्त्री ढकालले भने प्रधानमन्त्रीसंग छलफल गरी आवश्यक निर्णय लिइने बताएका थिए ।

यसअघि प्रधानमन्त्री निकट मानिएका कतिपय चिकित्सकहरुले तत्काल लकडाउन नगरे लक्षण भएका संक्रमितले बेड तथा आईसीयू पाउनै मुस्किल हुनसक्ने भन्दै नियन्त्रणमा लिने उपायका तत्काल खोज्न आग्रह गरेका छन् । उनीहरुले तत्कालका लागि लकडाउन एउटा विकल्प हुनसक्ने बताएका छन् ।

‘हामीले प्रधामन्त्रीलाई भनिसकेका छौँ,’ एक जना चिकित्सकले भने, ‘तत्काल लकडाउन गरिएन भने अस्पतालले बिरामीको चाप थेग्न सक्दैन अवस्था भयावह हुन्छ ।’, सो अवसरमा प्रधानमन्त्रीले उपयुक्त निर्णय लिइने आश्वासन दिएको समेत उनले सुनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको ब्रिफिङमा अत्यावश्यक काम नपरी काठमाडौँ नआउन आम सर्वसाधाणलाई आग्रह गरिसकेका छन् । उनले अब आउने मात्रै नभई जो जहाँ छ त्यहि बस्नका लागि आग्रह गरिने बताए । ‘अब आउन मात्रै होईन काठमाडौँबाट पनि अत्यावश्यक काम नपरी नबाहिरिनुहोला भन्ने हाम्रो सुझाव हो । किनभने अवस्था धेरै नै गम्भीर भइसकेको छ । यसलाई अव हामी नै अनुसासित भएर नियन्त्रणमा लिने हौँ’ उनले भने ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला लकडाउन भन्ने शव्दमा भन्दा पनि आम सर्वसाधारणलाई सचेत र अनुशासित बनाउने तर्फ सरकार लाग्नुपर्ने सुझाव दिन्छन् । उनले अवस्था विग्रदै जाँदा यो अवस्था आउँछ भनेर पहिल्यै अनुमान रहेको भन्दै अव तत्काल सरकारले उपयुक्त निर्णय लिनुपर्ने बताए ।

‘स्वास्थ्य मन्त्रालयमा भनियो, प्रधानमन्त्री कार्यालयमा भनियो, तर उतिवेला त्यसको गम्भीरता बुझिएन । अब त बुझ्नै पर्छ । नत्र त भयावह अवस्था हाम्रो कावुमा हुँदैन,’ उनले भने ।

पछिल्ला दिनमा कोभिडका विरामीले राजधानीका सबै अस्पताल भरिभराउ छन् । आम सर्वसाधारण देखि भिआईपी मात्रै होइन । यसपटक अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा प्यारामेडिक्स र अन्य सहयोगी गरी ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमणमा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *