कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा डा. भोला रिजालले तयार गरे गीत

काठमाडौँ, १६ असोज । बरिष्ठ चिकित्सक तथा गीतकार डा भोला रिजालले ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेका छन् । कोरोना भाइरस कोभिड – १९ को संक्रमणमा समेत परेका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्त गीत सार्वजनिक गरेका हुन् ।
‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् उनले भने, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुँ’ उनले भने ।
शिव परियार, मेलिना राई, नारायण ओलीको स्वर रहेको गीतमा दीपकराज गिरी, दिपा श्री निरौँला, चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्व प्रधान सेनापती रुकमागत कटुवाल, वैज्ञानिक महाविर पुन, पूर्व डीआईजी रमेश खरेल र डा रिजाल आफैको अभिनय छ ।
सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।
मंगलबार एक जना सीअहेव र बिहीबार एक जना चिकित्सकले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



