राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव डा. रमेश ढकाललाई कोरोना संक्रमण

1.8k
Shares

काठमाडौँ, १२ असोज । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)का महासचिव एवं शंकारापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकाल कोरोना संक्रमणमा परेका छन् । आइतबार गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । डा ढकाल अहिले होम आइसोलेसनमा छन् ।

डा ढकालले आफूलाई चार पाँच दिन अघि देखि ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएपछि होम क्वारेन्टिनमा बसी पीसीआर जाँच गराएको र आइतबार आएको रिपोर्टमा कोभिड – १९ पोजेटिभ आएको जानकारी दिए ।

‘म लक्षण देखिनासाथ होम क्वारेन्टिन थिएँ । रिपोर्ट पोजेटिभ आएपछि पनि होम आइसोलेसनमा रहेको छु,’ उनले भने ।

अस्पतालमा कोभिड नन् कोभिड विरामीको स्वास्थ्य परीक्षण व्यवस्थापन आदिमा खटिदा संक्रमण भएको हुनसक्ने उनको अनुमान छ ।

‘कसरी कहाँबाट सरयो त्यो थाह छैन् । अहिले हामी कोरोना संक्रमणको जोखिमयुक्त समूहमा छौँ । त्यसैले लक्षण देखानासाथ होम क्वारेन्टिन र परीक्षण पछि होम आइसोलेसनमा बसेको छु । स्वास्थ्यअवस्था विस्तारै सुधार हुँदै गएको छ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *