काठमाडौँ उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित

काठमाडौँ, ६ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५११ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना गरी ६४७ जनामा संक्रमण देखिएको हो ।
काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ ।
त्यसैगरी आज देशभर १ हजार ३५६ जना संक्रमित थपिएका छन् । भने यहि अवधीमा ८२३ जना कोरोना नेगेटिभ भई डिस्चार्ज भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



