आइओएमका पूर्व डीन प्राडा अग्रवाललाई कोरोना संक्रमण

724
Shares
प्राडा जगदीश अग्रवाल

काठमाडौँ, ४ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमका पूर्व डीन प्राडा जगदीश अग्रवाललाई कोरोना संक्रमण देखिएको छ । दुई दिन अघि आएको पीसीआर परीक्षणको रिपोर्टमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।

संक्रमण देखिए लगत्तै उनी त्रिवि शिक्षण अस्पतालको कोभिड -१९ वार्डमा भर्ना भएका छन् ।

‘पीसीआर पोजेटिभ आएपछि दुई दिन अघि देखी प्राडा अग्रवाल हामीसंग हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य छ । हामीले अव्जरवेसनका लागि मात्रै राखेका हौँ,’ कोभिड -१९ युनिटका संयोजक डा शान्तकुमार दासले भने ।

शिक्षण अस्पतालको कोभिड १९ युनिट अहिले १०६ जना संक्रमितहरुको उपचार भइरहेको समेत डा दासले बताए । उनले संक्रमितमध्ये ४ जना भेन्टिलेटरमा र १० जना आईसीयूमा रहेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *