नर्स र मिडवाइफको लाइसेन्स परीक्षा १३ मंसिरमा हुने

40
Shares

काठमाडौँ, २ असोज ।  नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १३ मंसिरम ागर्ने भएको छ । परिषद्ले आज सूचना सार्वजनिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ ।

नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने उल्लेख छ ।

परिषद्ले परीक्षा फारम ४ असोज देखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने बताएको छ । ४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *