सरकारी सेवाबाट विदा भए सहसचिव भोगेन्द्रराज डोटेल

28
Shares

काठमाडौँ, ३० भदौ । स्वास्थ्य मन्त्रालयका सहसचिव भोगेन्द्रराज डोटेल सरकारी सेवाबाट विदा भएका छन् । गत १ भदौ देखि लागू हुने गरी दिएको राजिनामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि उनी सरकारी सेवाबाट विदा भएका हुन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख रहेका डोटेलको गत २२ जेठमा मन्त्रालय सरुवा भएको थियो । तर मन्त्रालय आएर उनले जिम्मेवारी पाएका थिएनन् ।

‘मन्त्रालयमा आएर खासै जिम्मेवारी पाइएन् । त्यत्तिकै त किन बस्नु भनेर १ भदौ देखि लागू हुने गरी राजिनामा दिएको हुँ । मन्त्री परिषदले अहिले स्वीकृत ग र्‍यो भन्ने सुनेको छु,’ उनले भने ।

त्यसो त डोटेलको आगामी २४ असोज देखि उमेर हदका कारण अनिवार्य अवकाश हुँदे थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *