बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना संक्रमण

0
Shares

धरान, २९ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरिलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको नियमित पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको आधिकारिक फेसबुक पेजबाट प्राडा गिरीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले अहिलेसम्म कुनै लक्षण नदेखिएको र आफू होम आइसोलेसनमा बसेको समेत जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन र आवश्यकताका आधारमा परीक्षण गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

फेसबुकमा उनले के लेखे ?

आदरणीय सम्पुर्ण शुभचिन्तकहरु,
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि अहिले साझँ चिकित्सक मार्फत म कोरोना संक्रमीत भएको पुष्टि भएको छ।

प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको छु।

प्रतिष्ठानका दैनिक कार्यहरुका यहीँबाट संचालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु मेरो सचिवालय मार्फत म सँगको समन्व्यमा आवश्यक कार्यहरु गरिने विश्वास दिलाउन चाहन्छु।

म संग सम्पर्कमा आउनु भएका सम्पुर्ण महानुभावहरुलाई आफ्नो परिक्षण गर्नुभइ सजगता अपनाउनु हुन अनुरोध गर्दछु।

प्राडा ज्ञानेन्द्र गिरी
उपकुलपति
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *