कोरोना संक्रमित महिलालबाट शिशुको जन्म


ओखलढुङ्गा, २९ भदौ । कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन्। कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन्।

कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए। आमालाई आइतबार सङ्क्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । “कोरोना सङ्क्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ”, उनले भने, “सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।” शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले सङ्क्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । सङ्क्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले सङ्क्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *