काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण

4
Share

काठमाडौँ, २९ भदौ । काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जनामा गरी कुल ५१२ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो चौविस घण्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यहि अवधीमा ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण गम्भीर अवस्थामा पुगि सातवटै प्रदेशका अस्पतालमा गरी १७९ जनाको उपचार आइसीयूमा भइरहेको छ र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौविस घण्टामा पाँच जना महिला र १० जना पुरुष गरी कुल १५ जनाको कोभिड १९बाट ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *