काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण
काठमाडौँ, २९ भदौ । काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जनामा गरी कुल ५१२ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो चौविस घण्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यहि अवधीमा ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण गम्भीर अवस्थामा पुगि सातवटै प्रदेशका अस्पतालमा गरी १७९ जनाको उपचार आइसीयूमा भइरहेको छ र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो चौविस घण्टामा पाँच जना महिला र १० जना पुरुष गरी कुल १५ जनाको कोभिड १९बाट ज्यान गएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

