गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका ३४ जना, लमजुङका ३ जना, तनहुँका ६ र स्याङ्जाका १ जना छन् ।
स्याङ्जा पुतलीबजारका ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छन् भने पोखरा महानगरपालिका(९ का २६ बर्षीय महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन्। पोखरा महानगरपालिका(२५ का ८ बर्षीय बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना व्यक्तिहरु भारतबाट आएका हुन् भने अन्य सबै contact tracing बाट पहिचान भएका हुन् ।
सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

