पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कास्की, २७ भदौ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचररत थप एक जना कोरोना संक्रमितको शनिबार विहान मृत्यु भएको छ । स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका – १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान ६ : ३२ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यका अनुसार आज मृत्यु भएका व्यक्ति गत २४ भदौमा कोरोना संक्रमण भई आइसीयूमा उपचाररत थिए ।
यो संगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



