पीजी तहको एकीकृत प्रवेश परीक्षाको लागि १ असोज देखि अनलाइन फारम भर्न सकिने

0
Shares

काठमाडौँ, २७ भदौ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फारम खुला गर्ने निर्णय गरेको छ । आयोगले आगामी १ असोज विहान १० बजे देखि १५ असोज अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

यस पटक देखि पीजी तहको एकीकृत प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगले लिन लागेको हो । आयोगले एमडीएमएस, एमडीएस, एमपीएच, एमएसीपीएच, एमपीएचएन, एमएचपीई, एमपीएच, एमडी आयुर्वेदा, एमफर्मा, एमएस्सी नसिङ, मिडवाइफ्रि, लगायतका विषयमा अनलाइन फारम भर्नका लागि सूचना निकालेको छ ।

यसबर्ष गत जेठमा परीक्षा लिने तयारी भएपनि कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन गएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *