डा. शशांकको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

0
Shares

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस (कोभिड -१९ )को संक्रमण देखिएपनि परिवारका अन्य सदस्य र सचिवालय सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मंगलबार विहान ह्याम्स अस्पताल प्रयोगशालाका प्राविधिकहरुले निवासमै गएर महामन्त्री डा कोइराला, उनकी श्रीमती डा सुपात्रा कोइराला, परिवारका अन्य सदस्य र सचिवालय कर्मचारी गरी २० जनाको नमूना लिएको थियो । त्यसमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

‘महामन्त्री ज्यूको रिपोर्ट पोजेटिभ आयो तर उहाँको श्रीमती सहित सचिवालयका गरी १९ जनाको रिपोर्ट नेगेटिभ आयो,’ पारिवारिक स्रोतले भन्यो ।

कोरोना पोजेटिभ देखिएपनि महामन्त्री कोइरालामा कुनै लक्षण छैन् । लक्षण नभएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *