डा. शशांकको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस (कोभिड -१९ )को संक्रमण देखिएपनि परिवारका अन्य सदस्य र सचिवालय सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मंगलबार विहान ह्याम्स अस्पताल प्रयोगशालाका प्राविधिकहरुले निवासमै गएर महामन्त्री डा कोइराला, उनकी श्रीमती डा सुपात्रा कोइराला, परिवारका अन्य सदस्य र सचिवालय कर्मचारी गरी २० जनाको नमूना लिएको थियो । त्यसमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
‘महामन्त्री ज्यूको रिपोर्ट पोजेटिभ आयो तर उहाँको श्रीमती सहित सचिवालयका गरी १९ जनाको रिपोर्ट नेगेटिभ आयो,’ पारिवारिक स्रोतले भन्यो ।
कोरोना पोजेटिभ देखिएपनि महामन्त्री कोइरालामा कुनै लक्षण छैन् । लक्षण नभएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् ।
सम्पर्क इमेल : [email protected]