काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण
काठमाडौँ, २३ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधीमा काठमाडौँमा ३०० जना, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणदर अझ पनि नघटेकोले सचेत भई सावधानी अपनाउन आम सर्वसाधारणसंग आग्रह गरेका छन् ।
पछिल्लो चौविस घण्टामा १० हजार ६११ जनाको पीसीआर गर्दा ९०२ जनाको पोजेटिभ आएको छ । यहि अवधीमा २ हजार २८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



