चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

36
Shares

काठमाडौँ, २२ भदौ । नेपाल मेडिकल काउन्सिलले गत शनिबार लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार अवेर राती नतिजा प्रकाशित गरेको हो ।

यसपटकको परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएको बताइएको छ ।

परीक्षाका लागि ७९३ जना एमबीबीएस र २६७ जना वीडीएसका गरी एक हजार ६० जनाले फारम भरेका थिए ।

काउन्सिल अध्यक्ष डा भगवान कोइरालाले कोरोना महामारीकाबीच परीक्षा सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरे । उनले परीक्षाले कोरोना विरुद्धको लडाईका लागि जनशक्ति थपिएको प्रतिक्रिया दिए ।

काउन्सिलले यसपटक उपत्यका र उपत्यका बाहिर गरी विभिन्न १७ स्थानमा परीक्षा केन्द्र तय गरेको थियो । त्यसैले नतिजा प्रकाशितमा केही ढिलाई भएको रजिष्टार डा कृष्णप्रसाद अधिकारीले बताए ।

काउन्सिलले गत ८ चैतका लागि तय गरेको परीक्षा कोरोना महामारीका कारण दुई पटक स्थगित भएर शनिबार सम्पन्न भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *