शुक्रराज अस्पतालकी आईसीयू इन्चार्ज उषादेवीलाई यसबर्षको उत्कृष्ठ निजामती कर्मचारी पुरस्कार

224
Shares

काठमाडौँ, २२ भदौ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयू इन्चार्ज उषादेवी देवकोटाले यसबर्षको उत्कृष्ठ निजामती कर्मचारी पुरस्कार प्राप्त गरेकी छन् । अस्पताल नर्सिङ निरीक्षक (अधिकृत छैटौँ) तहमा कार्यरत उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा उपलव्ध गराउने १ लाख रुपैयाँ रासीको सो पुरस्कार प्राप्त गरेकी हुन् ।

निजामती कर्मचारीहरुले पाउने पुरस्कार भएपनि यसपटक संघीय मन्त्रालयले कोभिड १९ मा खटिएका स्वास्थ्य समूहका कर्मचारीलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ । यो पुरस्कारको रासी १ लाख रुपैयाँको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टले यसबर्षको निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनले ५० हजार रुपैयाँ रासीको सो पुरस्कार विष्टले प्राप्त गरेका हुन् ।

संघीय मन्त्रालयले १७ औँ निजामती सेवा दिवसको अवसरमा मन्त्रालयले १० जना कर्मचारीलाई उत्कृष्ठ निजामती कर्मचारीलाई पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट विभुसित गरेको छ । तर यसबर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भने गरिएको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *