काठमाडौँका ३ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८०पुग्यो

0
Shares

काठमाडौँ, २० भदौ । चौबिस घण्टामा काठमाडौँका ३ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा काठमाडौँका ३ सहित थप ९ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष गरी थप ९ जना  हुन् । जसमा काठमाडौँका ३ सिहत रुपन्देही, महोत्तरी र पर्साका एक/एक जना पुरुष र मोरङ, मकवानपुर र नवलपरासीका एक/एक जना महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले जनाकारी गराए ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ५६६ जना कोरोना जितेर घर फर्किएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *