काठमाडौँ उपत्यकामा जारी लकडाउन एक साता थपियो (आदेश सहित)

0
Shares

काठमाडौँ, १७ भदौ । कोरोना भाइरसको संक्रमण बढ्ने क्रमले तिब्रता पाएपछि काठमाडौँ उपत्यकामा दुई साता देखि जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई २४ भदौ राती १२ बजेसम्मका लागि लम्व्याउने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्लाअधिकारी नारायणप्रसाद भट्टले उपत्यकामा दुई साता देखि जारी निषेधाज्ञा २४ भदौ राती १२बजेसम्मका लागि लम्व्याउने निर्णय भएको बताए । उनले थपिएको निषेधाज्ञाका मापदण्डहरु खासै परिवर्तन नभएको समेत स्पष्ट पारे ।

उनले यो बीचमा बन्द भएका राष्टिय महत्वका आयोजनाहरुमा भने स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खोल्न मिल्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपत्यकास्थित १८ वटै नगरपालिकाका प्रमुखहरुले संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै जारी निषेधाज्ञालाई निरन्तरता दिन र अझ कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका थिए ।

काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदै थियो ।

 

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *