‘समायोजनमा परे पनि रमाना नलिएका स्वास्थ्यकर्मीलाई कात्तिक मसान्तसम्म यथास्थानमै राख्नु’

कामठाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा समायोजनमा परेपनि रमाना नलिई पुरानै ठाँउमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आगामी कात्तिक मसान्तसम्म सोही स्थानमा रहेर काम गर्न गराउन निर्देशन दिएको छ । मन्त्रालयले गत ५ चैतको मन्त्रीस्तरीय निर्णयलाई टेकेर यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले कोरोना महामारीका कारण केही नीतिगत तथा प्रशासनिक निर्णय भएको भन्दै सो जानकारी दिएका हुन् ।

‘समायोजनका क्रममा केही व्यक्तिहरु तोकिएको ठाँउमा नगई पुरानै ठाउँमा काम गरिरहेको भए सोही ठाँउमा रहेर काम गर्न गराउन भनेका हौँ,’ उनले स्पष्ट पारे ।

यस्तै मन्त्रालयले छात्रबृत्तिमा अध्ययन् गरी सेवा गरिरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको म्याद समाप्त भएपनि कोभिड १९ को महामारीका कारण आगामी पुस मसान्तसम्म थप्ने निर्णय र उनीहरुको सेवा लिने निर्णय गरेको छ ।

यस्तै करार सेवाका कर्मचारीको समेत यसअघि नै म्याद समाप्त भएको भएपनि पुस मसान्तसम्म थप गर्न सम्वन्धित निकायलाई निर्देशन दिइएको सहसचिव विष्टले जानकारी दिए ।

कोरोना संक्रमण बढ्दै जाँदा मन्त्रालयले स्वास्थ्यकर्मीहरु थप गर्न करार र कतिपय स्वयंसेवकको रुपमा लिने गरी आवेदन माग गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *