कोरोना महामारीका बीचमा व्लोदानको आकस्मिक रक्तदान

4
Share

काठमाडौँ, १६ भदौ ।  ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्री सत्य साई सेवा संगठन नेपालको संयुक्त आयोजनामा मंगलबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. १ कार्यालय प्राङ्गणमा भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ५२ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।

यतिवेला अस्पतालहरुमा धेरै र ठूला ठूला शल्यक्रिया नभएता पनि नियमित उपचारको लागि रगत आवश्यक पर्ने बिरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गर्न ब्लोदानले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै यसरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै व्लोदानका सचिव विष्णुराज श्रेष्ठले बताए ।

उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउने उद्देश्यले ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा घर घरमा नै गई रगत संकलन गर्ने कार्यक्रम शुरु गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *