स्वास्थ्य बीमा कार्यक्रम अब त्रिवि शिक्षण अस्पतालमा पनि लागू हुने

काठमाडौँ, १६ भदौ । स्वास्थ्य बीमा गरेका बिरामीले अब महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट पनि उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अस्पतालले सैद्धान्तिक सहमति गरेपछि स्वास्थ्य बीमामा आवद्ध बिरामीले उपचार सेवा पाउने भएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल गर्न मंगलबार बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया सहितको टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो । सो क्रममा अस्पताल निर्देशक प्राडा रोहितकुमार पोखरेल सहितको पदाधिकारी टोलीले वीमा कार्यक्रम सञ्चालन गर्ने सैद्धान्तिक सहमति जनाएको हो ।

‘अब त्रिवि शिक्षण अस्पतालमा पनि स्वास्थ्य बीमामा आवद्ध व्यक्तिहरुले उपचार गर्न पाउनुहुन्छ । तर यसको कार्यान्वयन हुन केही समय लाग्छ । आज चाहि सैद्धान्तिक सहमति जनाउनु भएको छ । अब बीमाका लागि चाहिने अरु व्यवस्थापकीय कार्य गरेर यो कार्यान्वयनमा ल्याउनुहुन्छ,’ बोर्डका कार्यकारी निर्देशक डा थपलियाले भनिन् ।

सरकारी लगानीको ठूलो अस्पताल त्रिवि शिक्षणले वीमा कार्यक्रम लागू नगर्दा बाहिर जिल्लाबाट रिफर भएर आएका स्वास्थ्य बीमामा आवद्ध धेरै बिरामीहरु मर्कामा परेका थिए ।

उपत्यकामा अहिले बीर, पाटन, शहीद धर्मभक्तराष्ट्रिय प्रत्यारोपण केन्द्र, मनमोहन कार्डियोथोरासिक, शहीद गंगालाल हृदय केन्द्र लगायतका ठूला सरकारी अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । तर ठूला भनिएका सरकारी अस्पताल त्रिवि शिक्षण र निजामति कर्मचारी अस्पतालमा यो कार्यक्रम लागू भएको थिएन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *