कोरोना संक्रमितको उपचार गर्न ‘स्वयंसेवक’ माग

काठमाडौँ, १६ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकको रुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वास्थ्यकर्मीहरुका  लागि आवेदन माग गरेको छ । मन्त्रालयले अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुलाई स्वयंसेवकको रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन आवेदन माग गरेको हो ।

मन्त्रालयले चिकित्सक, नर्स प्यारामेडिक्स, तथा अन्य स्वास्थ्यकर्मी तथा सेवा निवृत्त स्वास्थ्यकर्मीहरुले स्वयंसेवकको रुपमा काम गर्न इच्छुक तीन दिन भित्र आवेदन दिन सक्ने बताएको छ । आवेदन अनलाइन माध्यमबाट दिन सकिने समेत उल्लेख गरेको छ ।

पछिल्लो समय देशमा संक्रमितको संख्या बढ्दै जाँदा सरकारले करार सेवा तथा स्वयंसेवकको रुपमा जनशक्ति आवहान गर्न थालेको छ । सरकारी निजी तथा सामुदायिक सहित अन्य संघ संस्थाका भवनमा आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

अहिले ती आइसोलेसन तथा क्वारेन्टिनमा काम गर्न स्वयंसेवकको आवेदन माग गरिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *