काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

4
Share

काठमाडौँ, १५ भदौ । पछिल्लो चौविस घण्टामा थप २९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँमा १९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा नयाँ संक्रमण देखिएको हो ।

यहि अवधिमा देशभर ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना संक्रमण देखिएको छ । डा गौतमले देशभर उपचाररतमध्ये १३२ जना आइसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो चौविस घण्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा यो नतिजा आएको डा गौतमलले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *