काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण

काठमाडौँ, १० भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी ३०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

यो एक दिनमा उपत्यकामा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

उनले पछिल्लो चौविस घण्टामा देशभर २९९ जना महिला र ५८६ जना पुरुष गरी कुल नयाँ ८८५ जनामा संक्रमण देखिएको बताए । यहि अवधीमा विभिन्न जिल्लाहरुमा उपचार गराईरहेका ११ जना कोरोना संक्रमितको निधन भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *