काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण
काठमाडौँ, १० भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी ३०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
यो एक दिनमा उपत्यकामा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
उनले पछिल्लो चौविस घण्टामा देशभर २९९ जना महिला र ५८६ जना पुरुष गरी कुल नयाँ ८८५ जनामा संक्रमण देखिएको बताए । यहि अवधीमा विभिन्न जिल्लाहरुमा उपचार गराईरहेका ११ जना कोरोना संक्रमितको निधन भएको समेत जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



