स्वास्थ्यका सहसचिव रघुराम विष्टको सरुवा, स्वास्थ्यमा नयाँ सहसचिव दामोदर रेग्मी

काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् ।

विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ ।

उनको ठाँउमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका दामोदर रेग्मी सरुवा भएर आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *