स्वास्थ्यका सहसचिव रघुराम विष्टको सरुवा, स्वास्थ्यमा नयाँ सहसचिव दामोदर रेग्मी
काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् ।
विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ ।
उनको ठाँउमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका दामोदर रेग्मी सरुवा भएर आएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



