गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित


काठमाडौँ, ९ भदौ । गण्डकी प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका ७ जना र तनहुँका ६ जना गरी १३ जना छन् । जसमा ८ जना महिला र ५ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ९०८ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६३९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *