शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, ७ भदौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका लागि लगिएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मिर्गौला फेल भएका ५४ बर्षिय पुरुषको आज दिउसो प्रत्यारोपण केन्द्रमा पुर्याउना साथ ज्यान गएको निर्देशक डा प्रेमराज ज्ञवालीले बताए ।
बुटवलका ती संक्रमितलाई परिवारले डायलासिस नगरी काठमाडौँ ल्याएको थियो ।
शुरुमा पाटन अस्पताल लगेपछि पाटनले प्रत्यारोपण केन्द्र भक्तपुर रिफर गरेको थियो ।
‘मिर्गौला फेल भएको रहेछ । डायलासिस गर्नका लागि तयारी गर्दा गर्दै ज्यान गयो,’ डा ज्ञवालीले भने ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १५० पुगेकोछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



