गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, ७ भदौ । गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका ४ जना नवलपरासीका ६ जना र गोरखाका १ जना रहेका छन् । जसमा ६ जना महिला र ५ जना पुरुष छन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८७९ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६११ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *