बाह्र वर्षदेखि माथिका बालबालिकाले वयस्कले जस्तै मास्क लगाउनुपर्छ : डल्ब्यूएचओ

0
Shares

काठमाडौँ, ७ भदौ । विश्व स्वास्थ्य सङ्गठनले १२ वर्षदेखिका बालबालिकाले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन वयस्कहरूले जस्तै मास्क लगाउनुपर्ने सुझाव दिएको छ।

बालबालिकाहरूले कसरी भाइरस सार्छन् भन्ने धेरै थाहा नभएको स्वीकार गर्दै सङ्गठनले १३ वर्षदेखिका बालबालिका तथा किशोरकिशोरीले वयस्कले जसरी नै सङ्क्रमण फैलाउन सक्ने प्रमाण भएको उल्लेख गरेको छ।

पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले प्रायः मास्क लगाउनु नपर्ने सङ्गठन बताएको छ।

त्यसैगरी साठी वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्यस्थिति कमजोर भएका व्यक्तिले मेडिकल मास्क लगाउन सुझाव दिएको छ ।

जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले विश्वभिर २ करोड ७० लाख भन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको देखाउँछ। तीमध्ये सर्वाधिक व्यक्ति अमेरिका, ब्रजिल र भारतका हुन्।

तर पर्याप्त परीक्षण नभएको तथा धेरै जनामा लक्षण नदेखिएकाले वास्तविक सङ्क्रमितको सङ्ख्या एकदमै उच्च भएको बताइन्छ।

दक्षिण कोरिया, युरोप तथा लेबननमा फेरि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले दुई वर्षभित्र कोरोनाभाइरस महामारी सकिने आशा व्यक्त गरेका छन्।

तर यूकेका एक वैज्ञानिक सल्लाहकारले कोभिड-१९ कहिल्यै उन्मूलन नहुन सक्ने चेतावनी दिँदै मानिसहरूलाई निरन्तर खोप चाहिन सक्ने बताएका छन्।

बीबीसीबाट

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *