काठमाडौँ उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण
काठमाडौँ, ५ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमडौँमा १४२ जना, ललितपुरमा २५ र भक्तपुरमा १५ जना गरी १८२ जनामा कोरोना संक्रमण देखिएको बताए ।
पछिल्लो चौविस घण्टामा देशभर ८३८ जनामा संक्रमण देखिएको थियो भने २५० जना डिस्चार्ज भएका छन् । आज १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको डा गौतमले जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]