काठमाडौँ उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण
काठमाडौँ, ५ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमडौँमा १४२ जना, ललितपुरमा २५ र भक्तपुरमा १५ जना गरी १८२ जनामा कोरोना संक्रमण देखिएको बताए ।
पछिल्लो चौविस घण्टामा देशभर ८३८ जनामा संक्रमण देखिएको थियो भने २५० जना डिस्चार्ज भएका छन् । आज १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको डा गौतमले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



