कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

0
Shares


काठमाडौँ, ३ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले काठमाडौँका १ सहित देशभर  थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १२० रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *