पछिल्लो चौबिस घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

4
Share


काठमाडौँ, २ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरका विभिन्न अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी गराए।

काभ्रे, नेपालगञ्ज, मोरङ, धनुषा, नवलपरासी, कास्की र तनहुँमा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

त्यसैगरी नेपालमा मंगलवार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।

यो संगै  कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर फर्कनेको संख्या ८५ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *