स्वास्थ्य सेवा विभागको दुई जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, १ भदौ । स्वास्थ्य सेवा विभागका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा नर्सिङ महाशाखामा कार्यरत एक जना नर्सिङ स्टाफलाई संक्रमण देखिएको हो । यस्तै तीन दिन अघि विभागकै एक महाशाखामा कार्यरत सवारी चालकलाई पनि संक्रमण देखिएको जनाइएको छ ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले नर्सिङ महाशाखाको स्टाफलाई संक्रमण देखिएपछि सो महाशाखाका सम्पूर्ण कर्मचारी क्वारेन्टिनमा गएको बताए ।

उनले तीन दिन अघि मात्रै अर्को एक महाशाखामा कार्यरत सवारी चालकमा पनि संक्रमण देखिएको पुष्टि गरे ।

‘अहिले संक्रमितहरु आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु क्वारेन्टिनमा जानु भएको छ,’ डा सिंहले बताए ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र स्वास्थ्यका अरु निकायमा कार्यरत स्टाफहरुमा पनि संक्रमण देखिन थालेको छ । यस्तै अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिदा सेवा नै प्रभावित समेत हुन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *