विपन्न समूदायका २ हजार बढी जेष्ठ नागरिकलाई कृतिम दाँत राखिने

काठमाडौँ, ३२ साउन । सरकारले चालु आर्थिक बर्ष भित्र अति दुर्गम क्षेत्रमा रहेका विपन्न समुदायका दुई हजार जना जेष्ठ नागरिकलाई कृतिम (नक्कली) दाँत राख्ने योजना अघि सारेको छ ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले यस बर्षको बार्षिक कार्यक्रममा यस्तो योनजा अघि सारेको हो । सो महाशाखाका आँखा, नाक कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले चालु आर्थिक बर्षमा अति दुर्गमस्थानका विपन्न समुदायलाई सेवा दिने गरी दुई वटा डेन्चर क्याम्प सञ्चालन गर्ने र दाँत झरेका जेष्ठ नागरिकलाई नक्कली दाँत राखिदिने योजना भएको सुनाए ।

‘यो क्याम्प एक ठाँउमा गएर कम्तिमा सात देखि १० दिनसम्म सञ्चालन गर्नुपर्छ । किनभने दाँतको नापो लिने तयार गर्ने र फिट गर्नका लागि केही समय लाग्छ । यसो गर्नुको उदेश्य दुर्गम भेगका विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुगोस भन्नु नै हो,’ डा बुढाथोकीले बताए ।

उनले जेष्ठ नागरिकका लागि नक्कली दाँतको सेट फिट गर्न बाहिर कम्तीमा १० देखि १५ हजार रुपैयाँ खर्च हुने समेत बताए ।

अघिल्लो बर्ष धेरै योजना बनाइएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको भन्दै यसपटक कोरोनाको नियन्त्रणमा आउने विश्वासका साथ यो योजना अघि सारिएको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *