एघारौँ तहमा बढुवा : फार्मेसी समूहबाट भट्टराई, मेडिकल ल्याव समूहबाट श्रेष्ठ
काठमाडौँ, २९ साउन । औषधि व्यवस्था विभागमा रिक्त प्रमुख औषधि व्यवस्थापक पद (एघारौँ तह) मा भरत भट्राई बढुवा भएका छन् । लोक सेवा आयोगको परीक्षा पास गरी उनी एघारौँ तहमा बढुवा भएका हुन् ।
फार्मेसी समूहमा अहिले एघारौँ तहमो दुईवटा दरबन्दी छ । एक औषधि व्यवस्था विभागको महानिर्देशक र अर्को राष्ट्रिय औषधि प्रयोगशालामा । भट्टराई भने अहिले बनस्पति विभागमा कार्यरत छन् ।
यस्तै स्वास्थ्य सेवा कै मेडिकल ल्याव टेक्नोलोजिष्ट समूहबाट जनरल मेडिकल ल्याव टेक्नोलोजिष्ट पद (एघारौँ तह)मा लिली श्रेष्ठ बढुवा भएकी छन् । लोक सेवा आयोग लिएको खुल्ला प्रतिस्पर्धाद्धारा उनी एघारौँ तहमा बढुवा भएकी हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



