पाटन रोटरी क्लवद्वारा गंगालाल अस्पताललाई २०० थान पीपीई सहयोग

16
Shares

काठमाडौँ, २६ साउन । रोटरी क्लव अफ पाटनले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल)लाई २०० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । अस्पतालमा केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रोटरीले पीपीई सहयोग गरेको हो ।

स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को अभाव हुन नदिन र अस्पतालले पु¥याउँदै आएको स्वास्थ्य सेवा सुरक्षित तवरले सञ्चालन गर्नमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको रोटरी पाटनले जनाएको छ ।

अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रोटरीयन निर्मल प्रधानाङ्गले केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई पीपीई हस्तान्तरण गरे ।

सो अवसरमा पाटन रोटरी क्लबका पूर्व अध्यक्ष डा. प्रकाशराज रेग्मीले यस कोरोना महामारीको वातावरणमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरणहरु उपलब्ध गराउनु पर्ने, उनीहरुलाई काम गर्न प्रोत्साहित गर्नु पर्ने र यसका लागि अनुकुल वातावरण बनाउन सबैले सहयोग गर्नु पर्ने बताए ।

पाटन रोटरी क्लबले नेपालमा स्वास्थ्य सेवा सुधारका लागि नेपाल अर्थोपेडिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, किर्तिपुर अस्पताल लगायत अन्य धेरै स्वास्थ्य संस्थाहरुलाई सहयोग पु¥याउँदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *