गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २६ साउन । गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा ५६३ नमुना परिक्षण गरिएकोमा ५ जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा नवलपरासी पूर्वका २ जना, स्याङ्जाका १, पर्वतका १,तनहुँका २र कास्कीका २ जना रहेका छन् । तीनीहरु मध्ये ३ जना महिला र ५ जना पुरुष छन्

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६२० पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *