डा. ज्ञानेन्द्रमान सिंह कार्की कोरोनामुक्त

0
Shares

काठमाडौँ, २१ साउन । विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की कोरोना भाइरस (कोभिड -१९) मुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको दुईपटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।

गत ७ साउनमा पीसीआर रिपोर्ट पोजेटिभ आएको कार्कीको केही दिनमै स्वास्थ्य अवस्था गम्भीर बन्न पुगेको थियो । अवस्था गम्भीर बन्दै जाँदा परिवारले उनलाई गत १० साउनमा हेलिकप्टर चार्टर गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

काठमाडौँ ल्याएर पनि सुधार नभएपछि पाँच दिनपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । सो उपचार पद्धतीले उनमा चमत्कारिक सुधार ल्याएको हो ।

‘दुई दिन अघि आइसीयूबाट जनरल वार्डमा सिफ्ट गरेका हौँ तर हामीकहाँ क्याविन नभएपछि ग्राण्डी अस्पताल जानु भयो,’ त्रिवि शिक्षण अस्पतालका कोभिड -१९ व्यवस्थापन प्रमुख डा शान्तकुमार दासले भने ।

डा कार्कीले भने आफू आरामका लागि ग्राण्डी आएको र आज ग्राण्डीबाट समेत डिस्चार्ज भएको बताए । ‘तर भोलि मात्रै अस्पतालबाट निस्कन्छु होला,’ डा कार्कीले भने ।

उनले त्रिवि शिक्षण अस्पतालले आफूलाई दोस्रो जीवन दान गरेको भन्दै उपचारमा सहभागी चिकित्सक नर्स तथा अस्पताल टिमलाई धन्यवाद दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *