काठमाडौँ छिरेका १० हजार ८५३ जना यात्रुको कोरोना जाँच गर्दा ४० जना पोजेटिभ

0
Shares

काठमाडौँ, २० साउन । लकडाउन खुलेपछि काठमाडौँ छिर्दैै गरेका १० हजार ८५३ जना यात्रुको कोरोना जाँच गर्दा ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो साता काठमाडौँ छिर्ने तीनवटा नाका नागढुंगा, फर्पिङ र साँगा भन्ञ्याङमा बुथ राखी स्वाब संकलन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा छिरेकाहरुको नमूना लिई जाँच गर्दा ०.४ प्रतिशतमा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार काठमाडौँको नागढुंगाबाट ६ हजार ६४ जनाको नमूना लिएको त्यसमा १६ जना संक्रमित, साँगाबाट ३ हजार ७८२ जनाको नमूना लिएर जाँच गर्दा १३ जनामा संक्रमण र फर्पिङबाट भित्रिएका १ हजार ३०७ जनाको नमूना लिई जाँच गर्दा ११ जनामा संक्रमण देखिएको हो ।

यसले संक्रमित व्यक्ति आएको गाँउको अवस्था र काठमाडौँमा कति स्वस्थ व्यक्ति भित्रिएका छन् भन्ने अध्ययन समेत भएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *