काठमाडौँ छिरेका १० हजार ८५३ जना यात्रुको कोरोना जाँच गर्दा ४० जना पोजेटिभ
काठमाडौँ, २० साउन । लकडाउन खुलेपछि काठमाडौँ छिर्दैै गरेका १० हजार ८५३ जना यात्रुको कोरोना जाँच गर्दा ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो साता काठमाडौँ छिर्ने तीनवटा नाका नागढुंगा, फर्पिङ र साँगा भन्ञ्याङमा बुथ राखी स्वाब संकलन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा छिरेकाहरुको नमूना लिई जाँच गर्दा ०.४ प्रतिशतमा कोरोना संक्रमण देखिएको बताए ।
उनका अनुसार काठमाडौँको नागढुंगाबाट ६ हजार ६४ जनाको नमूना लिएको त्यसमा १६ जना संक्रमित, साँगाबाट ३ हजार ७८२ जनाको नमूना लिएर जाँच गर्दा १३ जनामा संक्रमण र फर्पिङबाट भित्रिएका १ हजार ३०७ जनाको नमूना लिई जाँच गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
यसले संक्रमित व्यक्ति आएको गाँउको अवस्था र काठमाडौँमा कति स्वस्थ व्यक्ति भित्रिएका छन् भन्ने अध्ययन समेत भएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]